Samriddhi Samvaad Registration Form समृद्धि संवाद दर्ता फारम

विश्व भूटानी हिन्दू संगठनले प्रवासमा रहेका नेपाली मूलका भूटानी दाजुभाइ तथा दिदीबहिनीहरूको धार्मिक र आध्यात्मिक कल्याणका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यसैअन्तर्गत यस संगठनले जीवन विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी जीवनोपयोगी आध्यात्मिक र योगसम्बन्धी सूत्रहरू र क्रियाहरूबारे प्रशिक्षण भइरहेका  छन् । यसतर्फको चौथो कार्यक्रमका रुपमा पहिलो ‘समृद्धि संवाद विज्ञान साधना शिविर सञ्चालन हुने भएको छ । समृद्धि संवाद साधनाको प्रशिक्षण जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विकास विशेषज्ञ आदरणीय गुरुहरू एल पी भानु शर्माज्यू तथा रमेश नेपालज्यूबाट जुमका माध्यमबाट दूरसाधना शिविरका रुपमा सञ्चालन हुनेछ ।

समृद्धि संवाद के हाे ?

यसै जीवनमा समृद्धि प्राप्त गर्न मलाई के कुराले छेकेको छ ? यसका बारेमा सूक्ष्म विश्लेषण गर्दै समृद्ध जीवनको नयाँ मार्गचित्र कोर्नुहोस् । यस कार्यक्रमको फलस्वरूप तपाईंले आफ्नो पञ्चवर्षीय कार्ययोजना बनाउँदै आफ्नो स्वास्थ्य, शान्ति, पारिवारिक सुख र आध्यात्मिक प्रगतिलाई समेटेर चौतर्फी समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ । सनातन अष्टलक्ष्मीको विज्ञान, आधुनिक आकर्षणको नियम (Law of Attraction ) र लक्ष्य रेखांकन (Goal Mapping) का गहिरा प्रयोगहरूको माध्यमबाट तपाईंले आफ्नो जीवनलाई एउटा नयाँ उचाइमा लिएर जाने विज्ञान पनि सिक्नुहुनेछ । प्रत्येक समृद्धि संवाद कार्यक्रम दिनको ९० मिनेटका दरले नौ दिनसम्म जुम तन्त्रका माध्यमबाट सञ्चालन हुनेछ । यसमा विशेष कक्षाकार्य, गृहकार्य र आजीवन प्रयोगका लागि विधि समावेश छन् । 

यो कार्यक्रम कसका लागि हो ?

कर्मचारी, उद्यमी, पेशाकर्मी, क्याम्पस र विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा सामाजिक अभियन्ताहरूले यस कार्यक्रमबाट अत्यधिक लाभ लिन सक्नुहुनेछ । विशेष गरी, यदि तपाईं समृद्ध जीवनको नयाँ ढाँचा बनाउने सोचमा हुनुहुन्छ भने तपाईंलाई यो कार्यक्रम वरदान नै साबित हुनेछ ।

यदि यहाँ पनि यस कार्यक्रममा सहभागी चाहानुहुन्छ भने कृपया तल उल्लेखित फारम भरेर बुझाउनुहोला । स्मरण रहोस् याे समृद्धि संवाद साधना शिविर सशुल्क रहनेछ । 

Global Bhutanese Hindu Organization(GBHO) has been conducting various programs for the religious and spiritual welfare of Bhutanese brothers and sisters of Nepali origin. At this time, the organization is conducting training on life-sustaining spiritual and yoga-related formulas and practices in collaboration with Jeevan Vigyan Pratisthan, Nepal. As the fourth program in this row, we are conducting ‘Samriddhi Samvaad’ for the first time. Samridhi Samvad Sadhana will be conducted as a virtual Camp through Zoom by Guru LP Bhanu Sharma and Guru Ramesh Nepal, the founders of Life Science Academy and Life Development.

What is Samriddhi Samvaad?

What prevents me from achieving prosperity in this life? Analyze it and draw a new road map for a prosperous life. As a result of this program, you will create your five-year action plan, paving the way for all-round prosperity, including your health, peace, family happiness, and spiritual progress. Through Sanatan Ashtalakshmi’s science, modern Law of Attraction and Goal Mapping, you will also learn the science of taking your life to new heights. Samriddhi Samvaad program will run for 9 days, 90 minutes per day through virtual platform in zoom. This includes special classwork, homework and methods for lifelong uses.

Who is this program for?

Employees, entrepreneurs, professionals, campus and university students, teachers and social engineers can benefit greatly from this program. Especially, if you are thinking of creating a new way of living a prosperous life then this program will be a boon for you. If you would like to participate in this program, please fill out the form below. Remember that the Samriddhi Samvaad requires non refundable registration fees and other associated costs.

Comment Here !