Fundraising for Nepal to fightCOVID-19 wave

नमस्कार ! हरि ॐ ।  

 

विश्व भूटानी हिन्दू संगठनले नेपाली मूलका भूटानी एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको धार्मिक/आध्यात्मिक तथा सामाजिक विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको कुरा यहाँहरूलाई विदितै छ । २०१३ सालदेखि गठित यस संस्थाले ‘सर्वजनहिताय सर्वजनसुखाय’ को मूल मन्त्रका साथ विभिन्न कार्यक्रमहरू गर्दै आएको  छ ।   

२०१९ सालको अन्त्यतिर सुरु भएको कोरोना नामक महाव्याधीले सम्पूर्ण मानव जगत् नै त्रसित भएको अवस्थामा यस संगठनले विभिन्न अध्यात्मिक तथा सामाजिक कार्यहरू गरिरहेको छ । जस्तै- माक्स, सेनिटाइजर, ग्लोब्स् जस्ता अति आवश्यक सामाग्रीहरू वितरण गर्नुका साथै योग-ध्यानको साधना, आध्यात्मिक तथा जागरणमूलक प्रवचन, सेमिनार र अन्तर्वार्ताहरू पनि गराउँदै आएको छ ।  हाल यो कोरोना नामक महाव्याधी अमेरिका लगायत अन्य केही मुलुकहरूमा केही कम भएको देखिएता पनि नेपाल र भारतमा भने यसले हजारौंको ज्यान लिइरहेको कुरा विभिन्न माध्यमबाट थाहा भइरहेको छ । देशमा आएको संकटका कारण अक्सिजन नपाएर, खान नपाएर र औषधि नपाएर ज्यान गुमाएका नेपाली जनताको  चित्कार सुन्दा हाम्रो पनि मन असाध्यै रोएको छ ।

हिँजो जस्तो लाग्छ आफ्नो मातृभूमिबाट लखेटिएको अवस्थामा भारतले शरण नदिएपछि हामीलाई नेपालले नै “भैँसीलाई सिङको भारि हुँदैन” भन्दै ढोका खोलिदिएकै कारण हामीले माईधारका बगरमा छाप्रा बनाउन पाएका थियौ र नेपाली जनताले नै चामल खोजीखोजी हजारौँको ज्यान बचाएका थिए । जीवनमा शरणार्थी हुनु नै दुर्भाग्य हो, तर नेपालले शरणार्थीलाई अस्थाइरुपमा बास दिनु; गाँस र कपासका साथै शिक्षाका निमित्त अन्तराष्ट्रीय जगतमा पहल गरिदिए कै कारण आज हामी भौतिकरुपमा सुविधा सम्पन्न विकसित मुलुकमा आएर अरुलाई पनि केही सहयोग गर्न सक्ने भएका छौँ । नेपालसँग हाम्रो भाषा, धर्म, संस्कार र संस्कृतिको मात्र होइन रगतको पनि नाता छ । अतः जहाँ जन्मे पनि, जहाँ बसे पनि हामी नेपाली नै हौँ। त्यसैले हुन सक्छ अहिले पनि गुन्द्रुक-सिङ्कीदेखि सुनसम्मको कारोबार नेपालसँग नै हुने गरेको छ ।  

आउनु होस् यस आपतको घडीमा तपाईं हामी सबै मिलेर सहयोग गरौँ । तपाईं-हाम्रो सानो सहयोगले अक्सिजन नपाएर छट्पटाइरहेकाहरूलाई सास फेर्न सहयोग पुग्नेछ, भोकाहरूलाई भोजन मिल्नेछ र अस्पतालमा उपचार नपाएकाहरूलाई उपचार मिल्नेछ । त्यति मात्र होेइन आपत्तिमा परेका हजारौँ व्यक्तिहरूको टाढैबाट भएपनि आँसु पुछ्न   सकिनेछ । आशा छ हाम्रो यस सानो सहयोगले महामारीको कारण चर्किँदै गरेका घाउमा अलिकति भएपनि मलमपट्टि गर्न सकिनेछ । यो विसम परिस्थितिमा विश्व भूटानी हिन्दू सङ्गठन तन, मन, वचन र धनका साथ एकजुट भएर सहयोग गिरदिनुहुन सम्पूर्ण दिव्य मनहरूलाई हार्दिक अनुरोध गर्दछ । 

हरि ॐ तत् सत् । 

Nepal is going through rapid upsurge of the second wave of COVID-19. Each day makes a record high number of infections and deaths. Consequently, the healthcare system is struggling to cope with the situation and hospital ICU beds and oxygen are severely in shortage.

When Bhutanese were struggling to save lives after being kicked out of their country, by their own government, it was Nepal who graciously gave asylum to these helpless people and invited many global humanitarian organizations including the United Nations High Commissioner for Refugees (UNHCR). Additionally, the government of Nepal engaged in bilateral talks with the government of Bhutan to resolve the imbroglio. It was again the Government of Nepal that allowed these refugees to rebuild their hopes and lives in eight developed countries in the world when their hope of repatriation became simply hoping against hope.

To give back to the communities who saved our lives when we were in acute need, The Global Bhutanese Hindu Organization (GBHO) is partnering with local partners in Nepal to complement Nepal Government’s efforts in combating the pandemic.

GBHO is urging all to donate in this noble cause of saving lives in this pandemic. Your small donation can save many lives and make a huge difference in the lives of many who are in critical need of your help. Now is more important than ever to serve humanity!

100% of the donation will be going for the cause.

Thank you 

Comment Here !