सनातन हिन्दू धर्म

सनातन

साधारण परिभाषा अनुसार सनातनको अर्थ परापूर्वकालदेखि चलिआएको आध्यात्मिक साधना र त्यससँग जोडिएको जीवन शैली हो । यस सम्बन्धमा विद्वानहरूको आआफ्नै परिभाषा हुन्छन् । परिभाषा कहिले पनि निर्णयात्मक हुँदैन । त्यो त आफूलार्इ बुझ्न र बुझाउनलार्इ बनाएको सूत्र हो । जसरी परिभाषा बनाए तापनि पहिलेदेखि चलिएको भन्ने कुरामा चाहिँ सबैको मत मिल्छ । पहिलेदेखि चलिआएको सनातनको आधार के हो ? त्यो बुझ्न भने आवश्यक छ । “सनातनलार्इ स्पष्टसँग बुझ्न श्रीमद्भगवतगीतालार्इ आधार लिनु उपयुक्त हुन्छ । किनकि सनातनलार्इ बुझाउने वीज नै गीता हो । गीता हिन्दूदर्शनको प्रस्थानत्रयी मध्ये एक हो । गीतादर्शनका आधारमा र्इश्वर सनातन हो । जसको जन्म र मृत्यु हुँदैन । त्यही र्इश्वरले सिर्जना गरेका वस्तुभित्र रहने चेतनशक्तिलार्इ पनि सनातन भनिन्छ । जसलार्इ हामी आत्मा भन्दछौं । भगवान श्रीकृष्णले गीतामा आत्मालार्इ सनातन भन्नु भएको छ ।
अच्छेद्योयमदाह्योयमक्लेद्योशोष्य एव च ।
 नित्यः सर्वगतः स्थाणुरचलोयं सनातनः।।गी।२।२४।।
आत्मा काट्दा,डढाउँदा,गलाउँदा,सुकाउँदा पनि विनाश नहुने नित्य स्थिर,अजर र अमर रहने हुनाले यो सनातन हो ।
ममैवांशो जीवलोके जीवभूतःसनातनः।गी,१५,७।
यो जीवलोकमा मेरै अंश जीव सनातन ।कोमलगीता ।
माथि बताइएका प्रमाणले के स्पष्ट हुन्छ भने हामी सनातन र्इश्वरका सन्तानी अंश हौं ।
सनातन प्रभूका हं,अंश सनातन ।
जबसम्म त्यो सनातन आत्मा यो मांसपिण्डमा रहन्छ तबसम्म हामी सनातन रहन्छौं । हामी त्यही आत्माले दुःख नपाओस् भनेर राम्रा कर्म गर्दछौं,आध्यात्मिक साधनामा लाग्छौं। आध्यात्म पनि आत्माको अर्को नाम हो । आध्यात्मिक साधना गर्नुको तात्पर्य पनि सनातनी आत्मालार्इ शान्ति दिनु हो । आत्माले दुःख पायो भने त शरीरलार्इ सहन पनि गाह्रो हुन्छ । जति आत्मा खुशी हुन्छ त्यति नै शरीरमा आनन्दको अनुभव हुन्छ । हामी जति राम्रा काम गर्दछौं,त्यति नै  आत्मालार्इ सन्तुष्टि मिल्दछ र शरीर पनि शान्त बन्दछ । सनातन र सनातनी भनेको नै यही हो।

हिन्दू

संसारका जति पनि मानिस छन् । ती सबैको आआफ्नै धर्म छ र तिनीहरूको अस्तित्व पनि छ । धर्म नहुनेको संसारमा अस्तित्व नै रहँदैन । फरक यति हो कोही र्इश्वरप्रति आस्था राख्छन् त कोही राख्दैनन् । हिन्दू शब्दको अर्थ सनातन वैदिक संस्कार र र्इश्वरमा आस्था राख्ने धार्मिक समूहको नाम हो । हिन्दू शब्दको उत्पत्ति र विकासको इतिहासतिर हेर्दा हिन्दू शब्दको अर्थ साँगुरो हुन पुग्दछ । जति युग र समयले फट्को मार्दै जान्छ त्यति नै पारिभाषिक शब्दको अर्थमा व्यापक्ता आउँछ । आजभोलि हिन्दू शब्दलार्इ व्यापक अर्थमा लिइन्छ —
हिनन्ति दुष्टान् नमन्ति र्इश्वरम् दुहन्ति शास्त्रम् इति हिन्दू ।
अर्थात् र्इश्वरलार्इ नमन गर्दै वेदादि शास्त्रहरूको अध्यायन गरी मनभित्रका कुभावनालार्इ दमन गर्ने सभ्य मानव जातिलार्इ हिन्दू भनिन्छ । आज हिन्दू संसारको कुनै एउटा निश्चित सीमाभित्र मात्र नरहेर संसारभर फैलिएको छ ।

धर्म

धर्म शब्द संस्कृतभाषाको “धृ धारणे” धातुबाट बन्दछ । जसको अर्थ धारण गर्नु भन्ने हुन्छ । धारण गर्नु मात्र भन्नाले धर्मको गहिरो अर्थ बुझ्न सकिंदैन । किनकि सतही अर्थमा धारण शब्दले वस्त्रालंकारादि धारण,पहिरन वा स्वीकार गर्नु भन्ने हुन्छ । त्यसैले धर्मको सही अर्थको गहिरार्इ बुझ्न मनोविज्ञानको आवश्यक्ता पर्दछ । जुनसुकै वस्तु धारण गरे तापनि त्यसको सकारात्मक वा नकारात्मक असर मनलार्इ नै पर्दछ । त्यही भएर हाम्रा मनिषीहरूले धर्मलार्इ सजीव वा निर्जीवको अन्तर निहीत गुणलार्इ धर्म भनेर चिनाएका छन् । जसलार्इ सरल परिभाषा अनुसार वस्तु स्वभावो धर्म मानिन्छ । वस्तु शब्दले सजीव तथा निर्जीव दुवैलार्इ बुझिन्छ । यसबाट के स्पष्ट हुन्छ भने संसारका सबै वस्तु वा पदार्थको आआफ्नै धर्म हुन्छ । अनादि कालदेखि नै संसारमा जीव जगतले आफ्नो सनातन धर्मलार्इ धारण गर्दै आएको छ। सत्ययुगमा जल सितल र तरल थियो भने आज पनि त्यस्तै छ । सूर्यको ताप,अग्निको दाहक्ता,चन्द्रमाको रश्मी,हिमशिखरको सौन्दर्य आदि । अनादि कालदेखि चलिआएको स्वधर्म चलि नै रहने छ। संसारका सबै वस्तुको धर्म अलग भएकाले तिनीहरूको स्वभाव पनि अलग नै छ । त्यसैमा तिनीहरूको भिन्न पहिचान पनि छ । सबै प्राणी वा वस्तुले युगौं युगदेखि आफ्नो धर्म पालना वा धारणा गर्दै आएको हुनाले आजसम्म पनि उसको अस्तित्व रहिरहेको छ । निष्कर्षमा भन्नुपर्दा प्राणी वा जीवको अस्तित्व नै धर्मले गर्दा बाँचेको छ । यसलार्इ हाम्रा शास्त्रले यसरी स्पष्ट पारेका छन् ।

धर्मो रक्षति रक्षितः

यसको अर्थ हो, जसले आफ्नो धर्मको रक्षा गर्दछ, त्यो धर्मद्वारा सुरक्षित हुन्छ । मानव र्इश्वरको सुन्दर कृति भएकोले उसमा र्इश्वरीय गुण हुन्छ त्यसलार्इ धर्म भनिन्छ । उदाहरण दया,प्रेम,परोपकार आदि । मानवले धर्म कदापि भुल्नु हुँदैन र नभुल्न वा भुल्न नदिनलार्इ नै वैदिक वांमयको विकास भएको हो । अन्य वस्तुले अफ्नो धर्म पटकै भुल्दैन । मानवले चाहिँ धर्म भुल्ने हुनाले र्इश्वरले (वेदोखिलो धर्म मूलम्) धर्मको मूल वेदलार्इ नै मानवहितका निम्ति संसारमा अवतरण गराउनु भयो । त्यसैले मानवलार्इ बारम्वार धर्म बुझार्इ रहनुपर्छ । यदि मानवलार्इ जन्मदेखि मृत्यु नहुन्जेलसम्म धर्म बुझ्न,सिकाउन,सम्झाउन र स्मरण गराउन छाडियो भने र्इश्वरको सुन्दर कृति मानिएको मानिस नै अत्यन्त खतरनाक राक्षस बन्दछ र संसारलार्इ विनास गर्दछ । भगवान श्रीकृष्ण स्वयं धर्म सिकाउन संसारमा आउनु भयो । श्रीमद्भागवत महापुराणमा भगवानको वाणी छ—
अहं धर्मस्य वक्ताहं कर्ता तस्यनुमोदिता ।
तद्शिक्षायंलोकमिवमास्थिता पुत्र माखिद ।।भा,१०,६९,४०
अर्थात् म आफैं धर्मको वक्ता भएर पनि लोक शिक्षाका निम्ति कर्ता भएर काम गर्दछु,यसमा खेद गर्नु पर्ने कुरा छैन । आजसम्म हाम्रो सनातन वैदिक परम्परामा जति धर्म ग्रन्थ आदि तयार भएका छन् । ती सबै मानवको हित र कल्याणका निम्ति नै तयार भएका हुन् । जसले मानवलार्इ धार्मिक र अनुशासित बनाउँदछ ।समग्रमा भन्नु पर्दा-
सनातन हिन्दू धर्म स्तिक मानवको अन्तर्निहित  स्वभाविक गुण हो ।
धन्यवाद।
लेखकःपं श्रीभीमप्रसाद    तिमसिना(भागवतशरण)
उपाध्यक्ष GBHO